काठमाडौं। भुस बोकेको ट्रक पल्टिएपछि पूर्व-पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड अवरुद्ध बनेको छ । बीच सडकमा ट्रक पल्टिएपछि अहिले एकतर्फी सवारी सञ्चालन भइरहेको छ । शनिबार बिहान प्र ३ - ०३००१ ख ०१५६ नम्बरको ट्रक दाउन्ने उकालोमा पल्टिएको प्रहरीले जनाएको छ ।
भैरहवाबाट नारायणगढतर्फ जाँदै गरेको भुस बोकेको ट्रक अनियन्त्रित भएर बीच सडकमा पल्टिएको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको र दुईतर्फी सडक सञ्चालनको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ चैत्र २०८१, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ आउँदै गरेको ट्रक पल्टियो, १९ वटा खसीबोका मरे
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
त्रिशुलीमा खस्यो ट्रक
दाङमा गुडिरहेको ट्रकमा आगलागी, ट्रक जलेर नष्ट
भारतमा रोकिराखेको बसमा ट्रक ठोक्किँदा ११ जनाको मृत्यु
धादिङमा गुड्दै गरेको ट्रकमा आगलागी