मुगु । हिमाली जिल्ला मुगुमा करिब एक महिनापछि पाठ्यपुस्तक पुगेको छ । पाठ्यपुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारलाई विभिन्न तवरबाट ताकेता गरेको र भण्डारले पनि सोही निर्देशनलाई आत्मसाथ गर्दे प्रादेशिक कार्यालय सुर्खेतलाई ताकेता गर्दा बल्ल मुगुमा एक महिनापछि पाठ्यपुस्तक पुगेको हो ।
शैक्षिक सत्र सुरु भएको एक महिना बित्न लागि सक्दा पनि जिल्लामा पुस्तक पुग्न सकेको थिएन । १ जेठदेखि विद्यालय प्रारम्भ गरिए पनि पाठयपुस्तक अभावमा पठनपाठन प्रभावित भएको थियो ।
छाँयानाथ रारा नगरपालिकाअन्तर्गत ४४ वटा सामुदायिक विद्यालयका लागि ढुवानीको जिम्मा लिएको जयलक्ष्मी पुस्तक पसलले शुक्रबार एक ट्रक पुस्तक गमगढीमा पुर्याएको छ । जयलक्ष्मीले प्रादेशिक्ष्क कार्यालय सुर्खेतबाट पाठ्यपुस्तक डिपोबाट ढुवानी गरी गमगढीमा ल्याएको हो । जिम्मा लगेको सबै पुस्तक ढुवानी गरिसकेपछि सामुदायिक विद्यालयलाई वितरण गर्ने जयलक्ष्मी पुस्तक भण्डारका प्रोपाईटर जयलक्ष्मी भामले बताए ।
गमगढी बजारमा नयाँ पुस्तक पुगेपछि नगरपालिकाका शिक्षकदेखि विद्यार्थी हर्षित भएका छन् । पुस्तक ढुवानीको निम्ति सम्बन्धित निकायलाई ताकेता गरेपछि शुक्रबार गमगढी बजारमा नयाँ पुस्तक पुगेको छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए ।
जिल्लाको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकामा जिम्मा लगेका पुस्तक बिक्रेताले छिट्टै पालिकास्तरमा पुर्याएर वितरण सुरु हुने जिल्ला शिक्षा विकास समन्वय इकाई कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ जेठ २०७९, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा छ लाख ४३ हजार थान पाठ्यपुस्तक बिक्री
जुम्लामा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्यो
शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक पुग्यो
जनक शिक्षा प्रादेशिक कार्यालय चितवनमा पाठ्यपुस्तक पर्याप्त
शैक्षिक सत्र सुरु हुनै लाग्दा गोदाममै थन्किए पाठ्यपुस्तक
जनकपुरका विद्यालयमा पाठ्यपुस्तकमा एकरूपता ल्याउने निर्णय