चितवनमा रोकी राखेको ट्रकमा स्कार्पियो ठोकियो, पाँच जना घाइते

सफल खबर संवाददाता

विहीबार, २६ जेठ २०७९, ०८ : १६
चितवनमा रोकी राखेको ट्रकमा स्कार्पियो ठोकियो, पाँच जना घाइते

चितवन । चितवनमा रोकी राखेको ट्रकमा स्कार्पियो ठोकिँदा पाँच जना घाइते भएका छन् । आज (बिहीबार) साढे ४ बजेको समयमा रत्ननगर नगरपालिका ३ बेल्सि पुल स्थित पूर्वपश्चिम राजमार्गमा रोकिएको ट्रकमा स्कार्पियो ठोकिएको हो।

पूर्वबाट पश्चिम तर्फ आउँदै गर्दा बिग्रेर सडक छेउमा रोकी राखेको ना ६ ख ५७१९ नं. को ट्रकलाई बाराबाट काठमाडौं जादै गरेको वि आर ०५ प ९९७४ नं. को स्कार्पियोले ठक्कर दिएको हो।

दुर्घटना हुँदा स्कार्पियोका चालक बाराको कलैया घर भएका राजिव प्रसाद कुर्मी, सोही ठाउँका राम बाबु साह, महमद बाबु खान, सिला देवी साह, र बाराको महागढीमाई रामजीप्रसाद साह घाइते भएका छन्।

उनीहरूको उपचार पुरानो मेडिकल कलेज भरतपुरमा भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरुको अवस्था सामान्य रहेको छ। 

प्रतिक्रिया दिनुहोस