एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानले वर्तमान शेहबाज सरकारले आफूलाई जेल हाल्ने प्रयास गरेको आरोप लगाएका छन् । पीएमएल –एन नेतृत्वको वर्तमान सरकारले निर्वाचन घोषणा नगरेसम्म वातस्तविक स्वतन्त्रताका लागि आफ्नो पार्टी आन्दोलन नरोकिने बताएका छन् ।
‘सरकारले मलाई थुन्ने प्रयास गरिरहेको छ, ताकि यो आन्दोलन रोक्न सकियोस ’, इस्लामाबादस्थित आफ्नो बानिगाला निवासमा आफ्नो पार्टीको वकिल मञ्चलाई सम्बोधन गर्दै उनले भने ।
वर्तमान सरकार विदेशी षडयन्त्रमार्फत शक्तिमा आएकोसमेत उनले दाबी गरे । ’नक्कली’ फर्स्ट इन्फर्मेशन रिपोर्टमा पक्राउ परेमा आफ्ना समर्थकहरूलाई कुनै पनि परिस्थितिका लागि तयार रहन उनले आग्रह गरे ।
निर्वाचन घोषणा नहुन्जेलसम्म वास्तविक स्वतन्त्रताका लागि आन्दोलनमा होमिन पनि उनले समर्थकहरुलाई अनुरोध गरेका थिए । प्रधानमन्त्री शहबाज शरीफविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको प्रसंग कोट्याउदै पूर्वक्रिकेटरसमेत रहेका इमरानले अभियुक्त आफ्नै मुद्दामा न्यायाधीश बनेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २५ जेठ २०७९, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा निरंकुशतन्त्र स्थापित भयो : इमरान खान
पाकिस्तानमा इमरान खानकी पत्नीसहित ३ सय जनाविरुद्ध मुद्दा दर्ता
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते
निर्वाचनमा धादँली भएको भन्दै इमरान खानको पार्टीले आज देशभरी प्रदर्शन गर्ने
निर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर चुनावमा धादँली भएको छ’
इमरान खानले जेलबाटै हुलाकमार्फत भोट हाले