काठमाडौं । नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको बताएका छन ।आइतबार आफ्नै निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उनले कतिपय पार्टीमा विभाजनको खतरा रहेको बताए ।
उनले ठिक ढंगले भूमिका निर्वाह गर्नसके माओवादीलाई अवसर र चुनौति दुबै आउन सक्ने उनको निष्कर्ष थियो । अहिलेसम्म गठबन्धनको विकल्प नसोचिएको र प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धन कायम रहने उनले बताए।
पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्रको समस्या समाधान गर्न चाँडै राष्ट्रिय सम्मेलन गराउने निर्णय पनि गरिएको छ । केन्द्रीय समितिको बैठक आगामी असार १५ मा गर्नेबारे पनि छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ जेठ २०७९, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ‘प्रचण्ड’ को प्रश्न: सरकार मालिक र नागरिक दास हो ?
प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
बेनीमा माओवादीको खबरदारी सभा, प्रचण्डले सम्बोधन गर्ने
‘प्रचण्ड’को सचिवालयमा हेरफेर
माओवादीमा प्रवेश गर्नेको लहर देशव्यापी चलेको छ : प्रचण्ड
माटोको माया नगर्ने प्रवृत्तिले विदेशिने क्रम बढ्यो : प्रचण्ड