जनकपुरधाम । आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा तालमेलका लागि जनमत पार्टी खुल्ला रहेको जनाएको छ । आउँदो निर्वाचनका लागि दलहरूले गठबन्धन बनाउँदै गर्दा जनमत पार्टी पनि चुनावी तालमेल गर्ने पक्षमा रहेको पार्टीका नेता बिपी साहले बताएका छन् ।
‘हालै सम्पन्न स्थानीय निर्वाचनमा हामीविरुद्ध अधिकांश दलहरूले मोर्चाबन्दी गरेका थिए । हामी एक्लै चुनावमा जाँदा अपेक्षित परिणाम आउन सकेन,’ नेता साहले भने, ‘आगामी निर्वाचनमा हामी पनि तालमेल गरेर निर्वाचनमा जाने पक्षमा छौं ।’ कुनै पनि पार्टीसँग तालमेलका लागि आफूहरू खुल्ला रहेको उनले सुनाए ।
‘यो वा त्यो पार्टीसँग तालमेल वा गठबन्धन गर्ने भन्ने विषयमा हामी संकृण छैनौं । निर्वाचनका लागि जुनसुकै पार्टीसँग पनि तालमेल हुन सक्छ,’ नेता साहले भने, ‘अहिले पाँच दलीय गठबन्धन छ, अर्को गठबन्धन बनाउने प्रयास पनि भइरहेको अवस्थामा हामी एक्लै बस्नुको औचित्य छैन ।’
मधेस केन्द्रित दल भनिएका जसपा र लोसपासँग गठबन्धन वा तालमेल हुन सक्छ कि सक्दैन भन्ने प्रश्नमा साहले भने,‘लोसपा वा जसपाको जनाधार पनि मधेसमै देखियो । हाम्रो जनाधार पनि यही क्षेत्रमा छ । उहाँहरूसँग तालमेल भए झन् राम्रो । तर, उहाँहरू कतिपय कुरामा क्लियर हुनुपर्छ ।’
आगामी निर्वाचनका लागि जनमत पार्टीले उम्मेदवार चयनका विषयमा छलफल पनि अगाडि बढाइ सकेको छ । नेता साहका अनुसार आगामी निर्वाचनमा पार्टी बाहिर वा भित्रका जोसुकलाई पनि टिकट दिन सकिने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ जेठ २०७९, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीका केन्द्रीय सदस्यसहित युवा नेता जसपा नेपालमा प्रवेश
जनमत पार्टीले मनायो ‘धोती दिवस’
जनमत पार्टीले आज धोती दिवस मनाउने
सामाजिक सञ्जाल प्रयोगमा जनमतको कडाइ- नेताको पक्षमा पोष्ट नगर्नेको तह घटुवादेखि बर्खास्तीसम्म
मधेशीमाथि आक्रमण भएको भन्दै जनमत पार्टीको आपत्ति
सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौं : जनमत