काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रच्ण्डले आगामी संघीय तथा प्रदेशसभा निर्वाचनमा पार्टीले युवालाई अघि सार्ने बताएका छन् ।शनिबार अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह सहित कार्यालय टीमसँग भएको छलफलमा प्रचण्डले यस्तो बताएका हुन् ।
उनले आगामी निर्वाचनसम्ममा अखिल क्रान्तिकारीलाई पहिलो नम्बरको संगठन बनाउन पनि निर्देशन दिए । उनले संगठनलाई विस्तार गरि समाजमा राजनीतिक चेतना सहितको सन्देश दिन समेत निर्देशन दिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले बताए।
स्थानीय निर्वाचनमा पार्टीले राम्रो नतिजा ल्याएको भन्दै प्रचण्डले आगामी निर्वाचनका लागि युवा विद्यार्थी त्यही अनुसार अघि बढ्नुपर्ने बताएका थिए।संगठनका विविध विषयमा छलफल गर्न भएको बैठकमा माओवादीका नेता वर्षमान पुन, विद्यार्थी इन्चार्ज हितमान शाक्यलगायत सहभागी थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ जेठ २०७९, १९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ‘प्रचण्ड’ को प्रश्न: सरकार मालिक र नागरिक दास हो ?
प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
बेनीमा माओवादीको खबरदारी सभा, प्रचण्डले सम्बोधन गर्ने
‘प्रचण्ड’को सचिवालयमा हेरफेर
माओवादीमा प्रवेश गर्नेको लहर देशव्यापी चलेको छ : प्रचण्ड
माटोको माया नगर्ने प्रवृत्तिले विदेशिने क्रम बढ्यो : प्रचण्ड