काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । पार्टीको नवौं महाधिवेशन १ देखि ८ असोजसम्म काठमाडौंमा गर्ने भएको हो । १२ देखि १७ जेठसम्म बसेको नेकपा केन्द्रीय समिति बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महाधिवेशन अघि ५ भदौसम्म वडा र पालिका सम्मेलन तथा १५ भदौसम्म जिल्ला सम्मेलन गर्ने निर्णय समेत गरेको छ । यसअघि गत फागुनमा नै महाधिवेशन गर्ने तयारी थियो । तर, स्थानीय तह निर्वाचनमा जाने विषयमा अन्तरविरोध बढेपछि पार्टी विभाजन भएपछि महाधिवेशनको नयाँ मिति तय भएको हो ।
बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले पार्टी विभाजन गर्नेहरूलाई अराजकतावादीको संज्ञा दिए । हेमन्त प्रकाश ओली, खड्ग बहादुर विश्वकर्मा लगायतलाई उनले रुढीवादी, जडसुत्रवादी, बुर्जुवा अराजकतावादीको आरोप लगाएका हुन् । महासचिव विप्लवले उनीहरूलाई पार्टीमा फर्किन समेत अनुरोध गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० जेठ २०७९, १६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
माओवादीसँगको एकताबाट भागेको छैन : विप्लव
भारत, अमेरिका र युरोपको रवैयाअनुसार प्रतिक्रिया दिँदै अघि बढ्नुपर्छ : ‘विप्लव’
विप्लव नेतृत्वको नेकपाको आजवाट पोलिटब्युरो बैठक
प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता
एसपीपी सम्झौता गर्ने, बीआरआई रोक्ने षड्यन्त्र भइरहेको छ : विप्लव