इस्लामाबाद । संसदमा अविश्वासको प्रस्तावमार्फत यही अप्रिलमा प्रधानमन्त्रीबाट पदमुक्त भएका इमरान खानले पाकिस्तानमा गृहयुद्धको चेतावनी दिँदै तत्काल चुनावको घोषणा नगरे देश टुक्र टुक्रामा विभाजित हुने बताएका छन् ।
स्थानीय टेलिभिजन च्यानल बोल न्युजलाई दिएको एक अन्तर्वार्तामा खानले भने, ‘उनीहरूले हामीलाई कानुनी र संवैधानिक माध्यमबाट चुनावमा जान अनुमति दिन्छन् कि भन्ने बारेमा हामीले हेर्दै जान्छौँ । नत्र भने देश गृहयुद्धतर्फ जानेछ । ’
पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई)का प्रमुखसमेत रहेका खानले नेसनल एसेम्ब्लीमा फर्किन कुनै अर्थ नभएको बताए । आफ्नो सरकारलाई हटाउने नेसनल एसम्ब्लीमा फर्किनुको अर्थ ‘षड्यन्त्रलाई स्वीकार गर्नु’ भएको उनले बताए ।
विदेशमा रहेका भारतीय थिंक ट्यांकहरूले बलुचिस्तान प्रान्तलाई पाकिस्तानबाट तोड्ने षड्यन्त्र गरिरहेको उनले दाबी गरे । ‘विदेशमा रहेका भारतीय थिंक ट्यांकहरू बलुचिस्तानलाई अलग गर्ने सोचमा छन् । उनीहरूसँग योजना छ, त्यसैले म दबाब दिइरहेको छु’, उनले भने । तर, खानले कसलाई दबाब दिइरहेका छन् भन्ने बारेमा केही बताएनन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २० जेठ २०७९, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा निरंकुशतन्त्र स्थापित भयो : इमरान खान
पाकिस्तानमा इमरान खानकी पत्नीसहित ३ सय जनाविरुद्ध मुद्दा दर्ता
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते
निर्वाचनमा धादँली भएको भन्दै इमरान खानको पार्टीले आज देशभरी प्रदर्शन गर्ने
निर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर चुनावमा धादँली भएको छ’
इमरान खानले जेलबाटै हुलाकमार्फत भोट हाले