जनकपुरधाम । महोत्तरीका एक जना प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
एकडारा गाउँपालिकास्थित श्री माविका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानलाई सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइरहेको बेलामा पक्राउ गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले जलेश्वर न.पा.–२, टाउन प्लानिङ्ग स्थित मामाज किचन, फेमिली रेष्टुरेन्ट एण्ड गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथिा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ जेठ २०७९, २० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कपिलबस्तु अदालतका तहसीलदार र कम्प्युटर अपरेटर घुससहित पक्राउ
भरतपुर क्यान्सर अस्पतालकी लेखा अधिकृत ६ लाख घुससहित पक्राउ
४ लाख १२ हजार घुस रकमसहित दुई जना पक्राउ
नापी कार्यालयका सर्वेक्षक घुससहित पक्राउ
ललितपुरमा नापी सर्वेक्षकसहित ३ जना २ लाख ५० हजार घुससहित पक्राउ
१५ लाख घुससहित समातिए बनेपा नगरपालिकाका वडाध्यक्ष