४ लाख १२ हजार घुस रकमसहित दुई जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०१ साउन २०८१, ०७ : १२
४ लाख १२ हजार घुस रकमसहित दुई जना पक्राउ

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाख १२ हजार रुपैयाँ घुस रकम र ५० लाख ६० हजार रुपैयाँको चेकसहित दुई जनालाई पक्राउ गरेको छ । दार्चुलाको 
शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीलाई अख्तियारको टोलीले सोमबार निणन्त्रणमा लिएको हो  । 

धामीद्वयले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बोराडाडीबाट नियन्त्रणमा लिएको हो । 

अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार सेवाग्राहीबाट नगद चार लाख बाह्र हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरु सो रकमसहित पक्राउ परेका छन् ।

यस्तै निजहरुको साथबाट पैतालीस लाख साठी हजारको ५ थान चेक र अशोक सिंह धामीको नाममा काटिएको पाँच लाखको चेकसहित कुल ५० लाख ६० हजारको चेक बरामद भएको र यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।