काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले गर्ने जस्तो व्यवहारका कुरा गरेका केही स्वतन्त्र उम्मेदवारले स्थानीय तहमा जिते पनि अझै कयौँ दशक राजनीतिक दलले नै देश चलाउने बताएका छन् ।
केही स्वतन्त्र मान्छेहरूलाई जनताले पालिका प्रमुखमा जिताएपछि केही साथीहरूले अब भोली स्वतन्त्रले सबै पलिका लैजान्छ की के हो भने जस्तो गरे पनि त्यस्तो नहुने उनले बताए । नेकपा माओवादी केन्द्रले आयोजना गरेको जनप्रतिनिधिहरूको अभिमुखीकरणका क्रममा उनले यस्तो भ्रममा नपर्न आग्रह गरे ।
उनले एक जना स्वतन्त्र रुपमा विजयी पालिका प्रमुख आफ्नै कार्यक्रममा समेत सहभागी भएको बताए । उनले भने, ‘स्वतन्त्रमा विजयी केही साथीहरू स्वतन्त्र हुन्, स्वतन्त्र होइनन् । काठमाडौं र धराका प्रमुख भने अलि भिन्न तरिकाले आए । यसबाहेक अरु कोही स्वतन्त्र मैले ठानेको छैन ।’ यि भिन्नहरूले पनि माओवादीको जस्तै कुरा गरेको उनले बताए । यही कारणले जनताले मत दिएको उनको दाबी छ । स्वतन्त्रको यो जितलाई हामीले 'सबक'का रुपमा लिनु पर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ जेठ २०७९, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ‘प्रचण्ड’ को प्रश्न: सरकार मालिक र नागरिक दास हो ?
प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
बेनीमा माओवादीको खबरदारी सभा, प्रचण्डले सम्बोधन गर्ने
‘प्रचण्ड’को सचिवालयमा हेरफेर
माओवादीमा प्रवेश गर्नेको लहर देशव्यापी चलेको छ : प्रचण्ड
माटोको माया नगर्ने प्रवृत्तिले विदेशिने क्रम बढ्यो : प्रचण्ड