कैलाली । कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ बर्सिया पद्मा ऐर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उनकी श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।
घटनास्थलको अवस्था हेर्दा श्रीमतीको हत्या पछि आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर, थप अनुसन्धान भइरहेको जोशीले जानकारी दिए ।प्रहरीकाअनुसार शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ जेठ २०७९, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बल्खुमा मृत भेटिएका व्यक्तिको अनुसन्धानका लागि ६ जना नियन्त्रणमा
कञ्चनपुरमा हात्ती मृत फेला
कैलालीमा फरक स्थानमा दुई जना मृत फेला
कैलालीमा आमा र छोरी घरभित्र मृत भेटिए
काठमाडौँमा दुई जनासहित ४ जना मृत फेला
सल्यानमा दिदी बहिनी घरभित्रै मृत भेटिए