काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १५ गते तारा एयरको विमान दुर्घटनामा जीवन गुमाउने चालक दलका सदस्य तथा यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
राष्ट्रपति भण्डारीले आज ट्वीटमार्फत उक्त घटनामा जीवन गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी हुन् । साथै, राष्ट्रपति भण्डारीले सुरक्षित हवाई यात्रा सुनिश्चित गर्न संस्थागत एवं प्राविधिक सुधारका लागि सम्बद्ध निकायको ध्यानाकर्षण पनि गराएकी छन् ।
पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत् अवस्थामा आज बिहान भेटिएको थियो । चालक दलका तीन सदस्य र १९ यात्रु लिएर पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान आइतबार बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो ।
घटनामा जहाजमा सवार सबैको दुःखद निधन भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ जेठ २०७९, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति
पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की
नेपाली सेना अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान : राष्ट्रपति पौडेल
महावीरको मार्गदर्शन परिपालन गर्न सके राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति
राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना