काठमाडौं । काठमाडौंकी उपमेयर सुनिता डंगोलले नेपाल भाषामा सपथग्रहण गरेकी छन् । राष्ट्रिय सभागृहमा उनले मेयर बालेन्द्र साहबाट सपथग्रहण गरेकी हुन् ।
मेयर साहले सपथको व्यहोरा नेपालीमा पढेका थिए भने त्यसलाई सुनिताले नेपालभाषामा उल्था गरेर वाचन गरेकी थिइन् । यसअघि मेयर बालेन्द्रले नेपाली र नेपाल भाषा दुवैमा सपथ खाएका थिए ।
काठमाडौंका मुख्य निर्वाचन अधिकृतले उनलाई नेपालीमा सपथ गराएका थिए भने पछि बालेन्द्र आफैंले त्यसलाई नेवारीमा वाचन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ जेठ २०७९, १२ : २५
लेखकबाट थप