पार्टी विभाजनपछि विप्लव समूहको बैठक उदयपुरमा सुरु

सफल खबर संवाददाता

विहीबार, १२ जेठ २०७९, २० : ०४
पार्टी विभाजनपछि विप्लव समूहको बैठक उदयपुरमा सुरु

काठमाडौं । नेतृत्व विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक उदयपुरमा सुरु भएको छ । पार्टी विभाजनपछि पहिलो पटक जिल्लाको रौतामाई गाउँपालिकामा बैठक बसेको हो । बिहीबारदेखि पार्टीका महासचिव  विप्लवको अध्यक्षतामा  बैठक सुरु भएको छ ।

बैठकमा पार्टीका महासचिव विप्लवले राजनीतिक प्रस्ताव र आगामी ९ औं  महाधिवेशनको राजनीतिक प्रस्ताव पेश गरेका छन् ।बैठकमा ५८ जना केन्द्रीय सदस्यहरु र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरूको सहभागिता रहेको दाबी गरिएको  । बैठकमा उपस्थित सबै केन्द्रीय सदस्य र सल्लाहकार समितिका सदस्यहरू भोलि १३ गतेदेखि  राजनीतिक प्रस्तावमाथि आआफ्ना धारणा राख्ने कार्यक्रम  रहेको छ ।

केन्द्रीय समितिको बैठकमा उपस्थिति हुन पुगेका महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्य प्रवक्ता प्रकाण्ड, केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर लगायत सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई उदयपुर जिल्ला पार्टीले स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस