चितवन । भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार यसअघि बिहान ८ बजेबाट ओपिडी टिकट खुला गरिँदै आएकोमा एक घण्टा अघिदेखि नै टिकट खुल्ला गरिएको हो । उनका अनुसार बिहान ८ः३० बजेबाट जिओपिडी (जनरल ओपिडी) सेवा शुरु हुनेछ भने विशेषज्ञ क्लिनिक ९ः३० बजेबाट सुरु हुनेछ ।
यसअघि मध्याह्न १२ बजेसम्म ओपिडी टिकट खुल्ने हुने गरेकोमा आधा घण्टा थप गरी अब टिकट काउन्टर १२ः३० बजेसम्म खुल्ने छ । सोमबारदेखि शुक्रबारसम्म बिदाको दिन बाहेक यो नियम लागू हुने पौडेलले जानकारी दिए । ओपिडी सेवामा परीक्षण भने ९ः३० बजेदेखि ३ः३० बजेसम्म हुनेछ ।
अस्पतालले आइतबार सार्वजनिक बिदाको दिन पनि निजी अस्पतालको तुलनामा कम शुल्कमा बिहान ९ः३० देखि दिउँसो १ बजेसम्म बिरामीलाई ओपिडीमा परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०९ जेठ २०७९, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
भरतपुर अस्पतालको अनुगमनपछि स्वास्थ्यमन्त्री यादव भन्छन् - जनअपेक्षाअनुसार सेवा दिन सकिएको छैन
सुधारोन्मुख भरतपुर अस्पताल, सेवासुविधा बढाउँदै
भरतपुर अस्पतालमा मौसमी ‘फ्लू’ का बिरामी २० प्रतिशतले बढे
भरतपुर अस्पतालमा एक लाखसम्म निः शुल्क उपचार सेवा भएपनि बिरामी आउँदैनन्
भरतपुर अस्पतालमा सुत्केरी हुन आउने गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया