काठमाडौं । नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ भन्ने अझै निश्चित छैन । स्कुल गएको पहिलो दिन नै पुस्तक पाइसक्नुपर्नेमा अहिलेसम्म विद्यार्थी पुस्तकविहीन छन् । सरकारी र निजी दुवैतर्फबाट उहिल्यै छापिनुपर्ने पाठ्यपुस्तक अझै छापिएका छैनन् ।
पुस्तक छाप्ने बेलामा सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र स्थानीय तह निर्वाचनको मतपत्र छपाइमा व्यस्त रहेकाले यस्तो अवस्था आएको हो । त्यस्तै निजी प्रकाशकले पनि कागजको मूल्य बढेको भन्दै पाठ्यपुस्तक छाप्न आनाकानी गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । यस्तो समस्या हरेक वर्ष दोहोरिँदै आएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०७ जेठ २०७९, ०६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा छ लाख ४३ हजार थान पाठ्यपुस्तक बिक्री
जुम्लामा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्यो
शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक पुग्यो
जनक शिक्षा प्रादेशिक कार्यालय चितवनमा पाठ्यपुस्तक पर्याप्त
शैक्षिक सत्र सुरु हुनै लाग्दा गोदाममै थन्किए पाठ्यपुस्तक
जनकपुरका विद्यालयमा पाठ्यपुस्तकमा एकरूपता ल्याउने निर्णय