श्रीमानसँग अलग्गिएपछि सोफियालाई चाहिन्छ यस्ता प्रेमी

एजेन्सी

बुधबार, ०९ जेठ २०७५, १३ : ३५
श्रीमानसँग अलग्गिएपछि सोफियालाई चाहिन्छ यस्ता प्रेमी

बिग बसकी पूर्व प्रतियोगी सोफिया हयात आफ्ना श्रीमानसँग अलग्गिसकेकी छिन् । उनले श्रीमानलाई धोकेबाज भनी घरबाट निकालेको जानकारी दिएकी थिइन् । उनले खराब सम्बन्धका कारण आफ्नो बच्चासमेत गुमाउनु परेको बताइन् । तर अब उनी यी सबैबाट बाहिर निस्कन चाहेको बताएकी छिन् ।

स्पटब्वईलाई दिएको अन्तर्वार्तामा सोफियाले भ्लाद स्टेनेस्कुलाई बिर्सिसकेको बताएकी छिन् । उनले दिएको औंठी पनि अब बेच्न चाहेको उनले बताएकी छिन् । उनी भन्छिन्, ‘उनले ममाथि खर्च गरेको यही एउटा कुरामा हो । हाम्रो जीवनमा आइपरेका अन्य सबै कुरालाई म आफैंले सम्हालेको थिएँ ।’
स्पटब्वाईको अनुसार अन्तर्वार्ताका बेला उनी निकै उदास थिइन् । आफ्नो विवाहको खराब अन्त्य भएपछि के पुरुषप्रति नकारात्मक भावना पैदा भएको छ भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘तत्कालका लागि विवाह भन्ने कुरा मेरो दिमागमा छैन र यदि मैले प्रेमी बनाएँ भने अब मेरै स्तरको बनाउँछु । कोही गरिबले प्रेम गरे उनैसँग बस्ने कथा अब ममा लागु हुँदैन । मानिसहरु लोभी र डाहा गर्ने प्रवृत्तिका हुनसक्छन्, भ्लाद जस्तै । मैले उनलाई आफ्नो सबै कुरा सुम्पिएँ , अब मेरो पाउने पालो हो ।’
श्रीमानसँगको ब्रेकअप स्विकारेपछिको पहिलो अन्तर्वार्तामा सोफियाले भ्लादलाई ‘शैतान’ बताइन् । भ्लादलाई दिएको विवाहको औंठीबारे कुरा गर्दै उनले भनिन्, ‘भ्लादले विवाहको औंठी सँगै नलाने बताएपनि अहिले थाहा पाएकी छु कि १० लाख पर्ने उक्त औंठी पनि लिएर गए । मैले उनलाई औंठी फिर्ता गर्न भनिरहेकी छु ।’
तर त्यो पनि उनले साढे एक लाखमा बेचिसकेको एक साथीले जानकारी दिएको बताइन् । जसले आफूलाई झट्का दिएको उनले बताइन् । उनले भनिन्, ‘मलाई भ्लादका एकजना साथीले फोन गरेर मैले के चाहेको सोधे । उनले नै भ्लादसँग अब केही पनि नभएको बताउँदै विवाहको औंठी पनि साढे एक लाखमा बेचेको बताए । उनले निकै झटपट उक्त औंठी बेचेछन् । उनलाई छिटो पैसा चाहन्थे । उक्त औंठी कार्टिएरको थियो जसमा हिरा जडान गरिएको थियो ।’

प्रतिक्रिया दिनुहोस