तनहुँ । तनहुँको दुई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम राखेका छन् । बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा माओवादीका उम्मेदवारहरूले अग्रता कायम गरेका हुन् ।
बन्दीपुरमा एक हजार चार सय मतगणना हुँदा माओवादीबाट अध्यक्षका उम्मेदवार पूर्णसिं थापाले चार सय ७३ र उपाध्यक्ष करुणा गुरुङले चार सय ३८ मत पाएका छन् ।
नेकपा एमालेका अध्यक्षका उम्मेदवार सुरेन्द्रबहादुर थापाले तीन सय ९६ मत पाएका छन् । यहाँ एमालेले कांग्रेसबाट कारवाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहसँग तालमेल गरेका छन् । जोशी समूहबाट स्वतन्त्र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकी केशमाया गुरुङले दुई सय १३ मत पाएकी छिन् ।
नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार ध्रुवलाल प्रधानले तीन सय ९८ र उपाध्यक्षकी उम्मेदवार पञ्चमाया गुरुङले चार सय ६१ मत पाएकी छिन् । यस्तै, आँबुखैरेनी गाउँपालिकाको माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार शुक्र चुमानले एक सय, उपाध्यक्षकी उम्मेदवार दुर्गा अर्यालले ७५ मत पाएकी छन् । नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार गीरबहादुर थापाले ४३ र उपाध्यक्षका उम्मेदवार पवित्रा गौलीले ४४ मत पाएकी छिन् ।
एमालेका अध्यक्षका उम्मेदवार ऋषि केसीले ३० र उपाध्यक्षकी उम्मेदवार मीना अधिकारीले ५२ मत पाएकी छिन् । आँबुखैरेनीमा दुई सय मतगणना भएको छ ।शुक्लागण्डकी नगरपालिकामा पनि मतगणना सुरु भएको छ । मेयरमा नेपाली कांग्रेसका कृष्णराज पण्डितले अग्रता सुरु गरेका छन् । वडा नम्बर १ को सय मतगणना हुँदा पण्डितले ४९ मत पाएका छन् । यहाँ कांग्रेस र माओवादीको गठबन्धन छ । उपमेयरका उम्मेदवार माओवादी केन्द्रका खुमबहादुर विक (राजु) ले २९ मत पाएका छन् ।
नेकपा एमालेका मेयरका उम्मेदवार मुक्ति तिम्सिनाले ४५ र उपमेयरकी उम्मेदवार फुलमाया वाग्लेले ४५ मत पाएकी छन् । यस्तै, वडाध्यक्षमा नेपाली कांग्रेसका रवीचन्द्र पौडेलले ५० र एमालेका रघुनाथ पौडेल ४५ मत पाएका छन् । शुक्लागण्डकी नगरपालिकाको चार स्थानबाट मतगणना हुँदैछ । १२ बजेपछाडि मतगणना थालिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जातीय पोसाकमा सजिएर कौरामा रमाए विदेशी पर्यटक
बन्दीपुरमा पर्यटकको चहलपह
चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर
बन्दीपुरमा भेटियो नयाँ गुफा