सरकारको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले असल निबन्ध भएको टिप्पणी गरेको छ । कांग्रेसले नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनको योजना नभएको बताएको हो ।
नीति तथा कार्यक्रम सुनेर बाहिरिँदै गर्दा प्रमुख विपक्षी नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम स्पष्टीकरणजस्तो लागेको बताउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रमप्रति टिप्पणी गर्न नै आवश्यक नभएको बताउनुभयो ।
त्यसैगरी कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले नीति तथा कार्यक्रम सुन्दा राम्रो रहेको र नयाँ योजनाहरू ल्याइएको बताउँदै बजेट प्रस्तुत भएपछि मात्र पार्टीले आधिकारीक भनाइ सार्वजनिक गर्ने बताउनुभयो ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
नीति तथा कार्यक्रम स्पष्टीकरण जस्तो : देउवा
संविधान संशोधन छुटाइयो : महतो
स्थानीय र प्रदेशलाई जोड दिन सकेको छैन : भट्टराई
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०८ जेठ २०७५, ०७ : ५२
लेखकबाट थप