काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वैशाख २८ र २९ गते आफ्नो सम्पूर्ण सेवा बन्द हुने जनाएको छ । कार्यलयमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतदान केन्द्र राखिएको कारण दुई सेवा बन्द गर्नु परेको कार्यालयले जनाएको छ ।
‘स्थानीय तहको निर्वाचनको मतदान प्रयोजनको लागि यस त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयलाई मतदान केन्द्र तोकेको हुँदा मतदान केन्द्रको पूर्व तयारी एवं सुरक्षा व्यवस्थाका लागि २०७९ वैशाख २८ र २९ गते दुई दिन यस कार्यालयबाट सेवाग्राहीको लागि प्रवाह हुने सबै सेवाहरु बन्द गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ,’ कार्यालयले आज एक सूचना प्रकाशित गरी भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, १६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिवि सुधारको माग राख्दै स्ववियुको आन्दोलन