क्वाललम्पुर । मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार यहाँ गएको २४ घन्टामा २ हजार १५३ जना कोरोना संक्रमित भेटिएका हुन् ।
त्यसैगरी गएको २४ घन्टा यतामात्र यहाँका संक्रमितहरुमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरुले जनाएका छन् ।यहाँ अहिलेसम्म ३५ हजार ५८३ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ ।
त्यसैगरी यहाँ अहिलेसम्म ४४ लाखभन्दा बढी संक्रमित भएका पनि पाइएको छ । यहाँ अहिले पनि २६ हजार जनाभन्दा बढी सक्रिय संक्रमितहरु रहेका बताइएको छ । तीमध्ये थोरै मात्र संक्रमितहरुमा यो भाइरसको असर देखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २६ बैशाख २०७९, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत र मलेसियाका लागि राजदूत नियुक्त
मलेसिया सरकारले बढायो श्रमिकको पारिश्रमिक
मलेसियामा दुर्घटनामा परी रौतहटका एक युवकको मृत्यु
मलेसियाको सर्वोच्च अदालतबाट राज्यले बनाएको एक दर्जन सरिया कानुन खारेज
मलेसिया जाने घटे, यस्तो छ कारण
राप्रपा अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान