एजेन्सी । चिनियाँ सेनाले ताइवाननजिकै अर्को चरणको अभ्यास गरेको चिनियाँ जनमुक्ति सेनाले सोमबार जनाएको छ । संयुक्त लडाई अभियानलाई सुधार गर्न सो अभ्यास गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
ताइवानले दाबी गरेको टापुनजिकै गतिविधि बढेको र ताइवानमा चिनियाँ आक्रमणको आशंका बढिरहेका बेला पछिल्लो विवरण सार्वजनिक भएको हो । पछिल्ला दुई वर्षदेखि ताइवाननजिकै चिनियाँ सैन्य गतिविधि बढेको ताइपेइले गुनासो गर्दै आएको छ ।
सैन्य अभ्यास र गतिविधि वायु रक्षा पहिचान क्षेत्र वा टापुको एडीआइजेडको दक्षिणी र दक्षिणपश्चिमी भागमा सञ्चालन गरिएका छन् । १८ चिनियाँ विमानहरू आफ्नो वायु रक्षा क्षेत्रमा प्रवेश गरेपछि शुक्रबार ताइवानको वायुसेनालाई ‘एक्सन’ मा राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २६ बैशाख २०७९, १२ : ४६
लेखकबाट थप