काठमाडौं । कोलकाता नाइट राइडर्सलाई ७५ रनले हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति लखनउले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकाता १४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १०१ रनमा समेटियो । कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४५ रन बनाए । सुनिल नारिनेले २२ रन तथा आरोन फिन्च १४ रनको योगदान गरे ।
लखनउका आभेश खान र जासन होल्डरले ३-३ विकेट लिए । यसअघि पुणेमा पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १७६ रनको योगफल तयार पारेको थियो ।
लखनउका क्विन्टन डी ककले सर्वाधिक ५० रन बनाए । यस्तै दिपक होडाले ४१ रन जोड्दा मार्कुस स्टोनिसले २८ रन बनाए । कोलकाताका आन्द्रे रसेलले २ विकेट लिए । जितसँगै लखनउ ११ खेलबाट १६ अंक जोड्दै शीर्ष स्थानमा छ । कोलकाता ११ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ बैशाख २०७९, ०८ : ३८
लेखकबाट थप