प्रदेश एकको नाम किरात राख्न माग

सफल खबर संवाददाता

शनिबार, २४ बैशाख २०७९, १६ : १८
प्रदेश एकको नाम किरात राख्न माग

सुनसरी । किरात राई यायोख्या सुनसरीले प्रदेश एकको नाम किरात प्रदेश राख्न माग गरेको छ । किरात राईहरूको मूख्य पर्ब साकेला पर्व उभौलीका अवसरमा शनिवार धरानमा गरिएको पत्रकार सम्मेलनमा उनीहरूले उक्त माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै किरात राई यायोख्या सुनसरीका अध्यक्ष राजेन्द्रकुमार राईले प्रदेश १ को नाम किरात राख्न माग गरे ।प्रदेश १ का १४ वटै जिल्लामा आदिबासी किरातीहरूको बसोबास रहेको र किरात प्रदेश जातीय नभएर ऐतिहासिक नाम भएकाले किरात राख्न उनको माग छ ।

किरात राई यायोख्याका सहसचिव रमेश राईले प्रदेश १ का बाइसे चौबिसे राज्य हुँदा पनि माझ किरात, पल्लो किरात राज्य रहेको स्मरण गर्दै ऐथिहासिकताका आधारमा प्रदेश १ को नाम किरात हुनुपर्ने बताए ।

यहि जेठ २ गते देखि सुरु हुने साकेला उभौली पर्वका प्रदेश १ का १४ वटै जिल्लामा किरात राज्य माग गर्दै १५ दिनसम्म डोल झ्याम्टा बजाएर साकेला नाच प्रर्दशन गर्ने राईले बताए ।

साकेलाको अवसरमा किरात राईहरूले समय साल राम्रो होस्, अन्नबाली सप्रियोस्, सह बसोस् र अनिकाल नलागोस्, सबै जस्व प्राणीहरूमा सुःख शान्ति मिलोस् भनि सिमेभुमे पुजा गर्छन् ।

प्रतिक्रिया दिनुहोस