रोम । इटालीका अधिकारीहरूले शुक्रबार एउटा विशाल याट जफत गरेका छन् । सो याच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हुनसक्ने अनुमान गरिएको छ । अनुमानित ७०० मिलियन डलर मूल्य पर्ने सेहेराजादे नामको सो याटको स्वामित्वबारे इटालीको वित्तिय प्रहरीले अनुसन्धान गरिरहेको छ ।
इटालियन अनुसन्धानले ‘आधिकारिक रूपमा सेहेराजादे र रुसी सरकारका प्रतिष्ठित व्यक्तिहरू बीचको महत्वपूर्ण आर्थिक र व्यापारिक सम्बन्ध स्थापित गर्न मद्दत गरेको’ प्राप्त विवरणहरूमा जनाइएको छ ।
‘अनुसन्धान पछि अर्थमन्त्री डेनियल फ्रान्कोले याट जफत गर्ने आदेशमा हस्ताक्षर गरेका छन्’, सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यो पश्चिमी समुद्री तट सहर मासाको मरिना डि काराराको सिपयार्डमा मर्मत कार्यको लागि धेरै महिनादेखि थन्किएको थियो ।
तर, उक्त याच पानीमा फर्किएको र शुक्रबार तैरने अवस्थामा रहेको एएफपी फोटोग्राफरले दाबी गरेका थिए । इटाली सरकारले विज्ञप्ति निकाल्नुअघि उनले त्यस्तो दाबी गरेका थिए । -एजेन्सी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २४ बैशाख २०७९, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इटालीको तटमा दुईवटा जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी बेपत्ता