इस्लामावाद । पाकिस्तानको पञ्जाब प्रहरीले अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानी प्रधानमन्त्री इमरान खान र उनको तत्कालीन मन्त्रिपरिषदका केही सदस्यसहित १५० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
साउदी अरेवियाको मस्जिद–ए–नबवीम प्रधानमन्त्री शहबाज सरिफ र उनको प्रतिनिधिमण्डललाई दुव्र्यवहार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो क्लिपमा शहबाज शरीफ र उनको प्रतिनिधिमण्डलका अन्य सदस्यहरू मदिनाको पैगम्बरको मस्जिदमा पुग्दा केही तीर्थयात्रीहरू (इमरान खानका समर्थकहरू)ले चोर गद्दर भनेर चिच्याइरहेको देख्न सकिन्छ ।
पाकिस्तानी तीर्थयात्रीहरूले प्रतिनिधिमण्डलका सदस्यहरूलाई पनि अपमानजनक भाषा प्रयोग गरेका थिए । मदिना प्रहरीले नाराबाजीमा संलग्न पाँच पाकिस्तानीलाई पक्राउ गरेको दाबी गरेको छ । मदिना प्रहरीले नाराबाजीमा संलग्न पाँच पाकिस्तानीलाई पक्राउ गरेकोे छ । -एजेन्सी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १८ बैशाख २०७९, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा निरंकुशतन्त्र स्थापित भयो : इमरान खान
पाकिस्तानमा इमरान खानकी पत्नीसहित ३ सय जनाविरुद्ध मुद्दा दर्ता
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते
निर्वाचनमा धादँली भएको भन्दै इमरान खानको पार्टीले आज देशभरी प्रदर्शन गर्ने
निर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर चुनावमा धादँली भएको छ’
इमरान खानले जेलबाटै हुलाकमार्फत भोट हाले