काठमाडौं । कोभिड–१९ महामारीले उद्योग व्यापार लगायतका आर्थिक तथा सामाजिक गतिविधिलाई नकारात्मक असर गरे पनि बैङ्क तथा वित्तीय संस्थाको विद्युतीय कारोबारलाई विस्तार गर्न सहयोग गरेको छ ।
कोरोना सङ्क्रमणको समयमा बैङ्क तथा वित्तीय संस्थामै पुगेर कारोबार गर्न अप्ठ्यारो परेका कारण सेवाग्राही विद्युतीय कारोबारतर्फ आकर्षित र अभ्यस्त भएको पाइएको हो ।
यसकै कारण एक वर्षको अवधिमा विद्युतीय कारोबार झन्डै चार गुणाले बढेको छ । कोरोना महामारीकै बेला चम्किएका क्यूआर, वालेट, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, आईपीएस, आरटीजीएस, इलेक्ट्रोनिक चेक क्लियरिङ, ई–कमर्स, पीओएसलगायतका माध्यमले यतिबेला कारोबार बढाएका छन् । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १७ बैशाख २०७९, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० वटा वाणिज्य बैङ्कमध्ये आधाको नाफा घट्यो