काठमाडौ । दुई वर्षभन्दा लामो समय शिथिल रहेको अर्थतन्त्रको प्रभाव वाणिज्य बैङ्कहरूको नाफामा देखिएको छ ।
सोमबार सार्वजनिक भएको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार कुल २० वटा वाणिज्य बैङ्कमध्ये आधाको नाफा घटेको छ । नाफामा रहेका बैङ्कको वित्तीय विवरण पनि पूर्ण स्वस्थ छैन ।
विवरण अनुसार गत आवमा वाणिज्य बैङ्कहरूको कुल नाफा ६४ अर्ब १६ करोड रुपियाँ पुगेको छ । त्यस अघिको आव २०७९/८० को तुलनामा त्यस्तो नाफा १३.४० प्रतिशतले वृद्धि भए पनि सञ्चालनमा रहेका आधा बैङ्कहरूको नाफा घट्नु समग्र बैङ्किङ व्यवसायका लागि भने सुखद् नभएको विज्ञहरूको भनाइ छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ साउन २०८१, ०८ : ४५
लेखकबाट थप