काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज बिहीबार हुँदैछ । बुधबार सुनुवाइ नसकिएकोले हेर्दाहेर्दैमा रहेको रिट निवेदनको सुनुवाइ बिहीबार हुन लागेको हो ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र टंक मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण बिहीबारका लागि लागि हेर्दाहेर्दैमा राखिएको थियो ।गभर्नर अधिकारीले बिना कारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै गत वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
गत वर्षको चैत २५ गते बसेको मन्त्रिपरिषद्ले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेसँगै उनी निलम्बनमा परेका थिए। न्यायाधीश हरिप्रसाद फुयाँलको वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्केका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ बैशाख २०७९, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव
बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्रै छ : गभर्नर अधिकारी
जलवायुसम्बन्धी जोखिम ख्याल गरेर मात्रै लगानी गर्न गभर्नरको निर्देशन
राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी
कर्जाको ब्याजदर सिङ्गल डिजिटमा आउन सक्छ : गभर्नर अधिकारी