पत्रकार तामाङलाई माओवादी कार्यकर्ताको धम्की

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १६ : ५४
पत्रकार तामाङलाई माओवादी कार्यकर्ताको धम्की

काठमाडौं ।आफ्ना नेताको बारेमा समाचार लेखेको भन्दै नेकपा माओवादी केन्द्रका कार्यकर्ताले पत्रकार नरजन तामाङलाई धम्की दिएका छन्।

टिकट वितरणको विषयमा विवाद हुँदा माओवादी केन्द्र कर्णाली प्रदेशका सहसचिव लालकेश जैशी कुटिएको विषयमा समाचार लेखेको भन्दै नयाँ पत्रिका दैनिकका हुम्ला सम्वाददाता नरजन तामाङलाई माओवादी कार्यकर्ताले ज्यान मार्ने धम्की दिएका हुन्।मोबाइल र सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने धम्की आएपछि पत्रकार तामाङले आफ्नो जीवन रक्षाको माग गर्दै स्थानीय प्रशासन र प्रहरीमा उजूरी दिएका छन्।

हुम्लाका चंखेली गाउँपालिकाको अध्यक्षको उम्मेदवार गोलाप्रथाबाट छनौट गरिएपछि माओवादी केन्द्रका कर्णाली प्रदेश सचिव जैसीमाथि हातपात भएको थियो।गाउँपालिकाको अध्यक्षमा आठ जना आकांक्षी हुँदाहुँदै गोलाप्रथा गरी उम्मेदवार छानिएको भन्दै विरोध भएको थियो।

 

प्रतिक्रिया दिनुहोस