एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमण दर फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप २५ सयमा संक्रमण फेला परेको र थप ३३ जनाको मृत्यु भएको भारतका सरकारी अधिकारीहरूले जनाएका छन् ।
योसँगै त्यहाँ कुल संक्रमितको संख्या ४ करोड ३० लाख ५४ हजार भन्दा बढी पुगेको छ भने मृतकको संख्या ५ लाख २२ हजार नाघेको छ ।दैनिक संक्रमित र मृतकहरूको सङ्ख्या पछिल्ला दिनमा बढ्दै गइरहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि शुक्रबार सार्वजनिक भएको विवरणमा दुई हजार ४ सय ५१ जनामा मात्र संक्रमण फेला परेको थियो ।यद्यपि नयाँ संक्रमित भन्दा संक्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितहरूको सङ्ख्या भने घट्दै गएको छ ।
भारतमा हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७९ रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १० बैशाख २०७९, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै