सप्तरीमा दुई मोटरसाइकल एकआपसमा ठाेक्किँदा तीन जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १२ : ०३
सप्तरीमा दुई मोटरसाइकल एकआपसमा ठाेक्किँदा तीन जनाको मृत्यु

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत राजगढ गाउँपालिका-५ मलेकपुरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा शनिबार तीन जनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१-०२४१ प.२२९६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको प्र.१-०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादव छन्।

गम्भीर घाइते उनीहरूलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा लगिएकाे थियाे। चिकित्सकले उनीहरूलाई तत्काल मृत घाेषित गरेकाे प्रवक्ता काफ्ले बताए।मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस