चन्द्रागीरि नगरपालिका–८ का वडा अध्यक्ष खड्काद्वारा सरकारी रकमको दोहन

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, ११ : ५०
चन्द्रागीरि नगरपालिका–८ का वडा अध्यक्ष खड्काद्वारा सरकारी रकमको दोहन

काठमाडौं । शक्ती र पदको दुरुपयोग गर्दै सरकारी रकमको दोहन गर्दै आएको आरोप लागेका चन्द्रगीरि नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्तोष खड्काको अबैध हर्कतमाथी सरकारले लगाम नलगाउन नसक्दा सरकारी रकमको हिनामिनाले तीब्रता पाएको छ ।

सरकारले स्थानीय तहको निर्वाचन गर्ने समय सिमा तोकी गत चैतदेखिनै निर्वाचन आचार सहिंता जारी गरी लागु गरेको अबस्थामा समेत सो वडाका अध्यक्ष खड्काले आचार सहिंता विपरित सरकारी रकमबाट साडी खरिद गरी वितरण गरेको आरोप स्थानीय बासिन्दाले लगाएका छन् ।

अध्यक्ष खड्काले सार्वजनिक सूचना नै जारी गरी महिलाहरुकै मान प्रतिष्ठामै आँच आउने गरी साडी माग गरेको र सो साडी बडा कार्यालयमा वितरण गरिनेभएकाले सम्र्पकमा आउन समेत भनेका छन् ।

वडा अध्यक्ष खड्काले शुक्रबार पत्रसंख्या २५७१ चलानी नम्बर २०७८/०८९ अनुसार चन्द्रगिरी नगरपालिका वडा नम्बर ८ को कार्यालयमा साडी पाँउँ भनी आवेदन दिएका दिदीबहिनीहरुले शनिबार बैसाक १० गते वडा कार्यालयमा आई साडी बुझिलिन अनुरोध गरिन्छ भन्दै सूचना जारी गरेका छन् । अध्यक्ष खड्का निर्वाचनमा मतदातालाई प्रभाबमा पार्नकैलागि सरकारी रकमबाट साडी खरिद गरी वितरण गरेको आरोप स्थानीय बासिन्दाको रहेको छ ।

स्थानीय बासिन्दाका अनुसार गैरकानुनी रुपमा जग्गा प्लटिङ गरी करोडौ रुपैयाँ अपचलन गर्दै आएको समेत बताएका छन् । सो सम्बन्धमा पटकपटक अध्यक्ष खड्कालाई सम्र्पक गर्दा उनले फोन रिसिभ नै गरेनन् ।

प्रतिक्रिया दिनुहोस