भारतमा कोरोना संक्रमित थपिदैं, २४ घंटामा २ हजार ५२७  जनामा संक्रमण

एजेन्सी

शनिबार, १० बैशाख २०७९, ११ : ०८
भारतमा कोरोना संक्रमित थपिदैं, २४ घंटामा २ हजार ५२७  जनामा संक्रमण

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ५२७ नयाँ संक्रमित भेटिएका छन् ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या क्रमशः बढिरहेको छ र यो १५ हजार पार भएको छ ।

स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार अब दैनिक संक्रमण दर बढेर ०।५६ प्रतिशत पुगेको छ । भारतमा हाल कोरोनाका १५ हजार ७९ बिरामीको उपचार चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस