चितवन । पछिल्लो समय बाल कलाकारहरुको प्रस्तुतीले सबैको ध्यान तानेको छ । यस्तै चितवनमा पनि ग्रीनल्याण्ड पब्लिक स्कुलको कक्षा ७ मा पढ्ने आर्यान राना मगरले पनि ‘दैव’ बोलको गीत बजारमा ल्याएसगैँ उनको गायन यात्रा शुरु भएको छ । उनी अहिले १२ बर्षका भए । आर्यनले बजारमा ल्याएको गीत ‘दैव’ चितवनका गायक तथा संगितकार जिवी सुनारले शब्द संगित भरेका हुन् ।
बिहिबार गीतको एक कार्यक्रमका बिच आर्यन पढ्ने स्कुल ग्रीन ल्याण्ड स्कुलमा स्कुलकी प्रधानध्यापक ईन्दिरा कार्कीले गरेकी थिईन । गीतको संगित संयोजन भने महेश विक्रम पाण्डेले गरेका हुन् । पुनम अडियो एण्ड भिडियो शोलुशन प्रालिले तयार पारेको गीत समिक्षा इन्टरटेण्टमेण्ट मार्फत बजारमा सार्वजनिक गरिएको हो । आर्यनका बुबा रणबहादुरले छोरालाई गायन क्षेत्रमा आवश्यक पर्ने स्रोत साधनका लागि कमी नगर्ने बताउँछन् । त्यस्तै उनीकी आमा नानुमायाले आर्यनको सानो देखिको ईच्छा गायक बन्ने भएकाले उसलाई गायक बनाउन सक्दो मिहिनेत गर्ने बताईन् । आर्यनले भने चर्चीत कलाकारको रुपमा स्थापित हुन अहिले देखि नै अभ्यास थालेको छु ।
प्रतिक्रिया दिनुहोस