काठमाडौं । डिशहोम फाइबरनेट दाङको तुलसीपुरमा सुरुवात भएको छ । छिट्टै नेपालका अरू स्थानमा पनि विस्तार हुने कम्पनीले जनाएको छ ।
काठमाडौं, भक्तपुर, ललितपुर, हेटौँडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, वीरगन्ज, धरान, जनकपुर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, बिर्तामोड, दमक, मिर्चैया, विराटनगर, नेपालगन्ज, धनगढीमा, सुर्खेतसहित अरू मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेकोे छ ।
डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित डिशहोमका ग्राहकहरूका लागि डिश टीभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरू, निःशुल्क डिशहोम गो एप र एक्सभीओडीजस्ता विभिन्न सुविधाहरू उपलब्ध छन् । फाइबरनेटका योजनाहरू १० एमबीपीएसदेखि ६०० एमबीपीएससम्म उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
डिशहोम फाइबरनेटले सन् २०२० देखि उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १६ : २१
लेखकबाट थप