चितवन । पूर्वाञ्चल बिश्वबिद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले समाज, मुलुक र बिश्वबिद्यालयलाई शक्ति प्रदान गर्ने गरि काम गर्नु पर्ने बताएका छन । श्री मेडीकल एण्ड टेक्निकल कलेज भरतपुरको नबनिर्मित भवनको आज उद्घाटन गर्दै उनले नीजि शिक्षण संस्थाहरुले पूर्बाधारमा पनि बिशेष ध्यान दिनु पर्ने बताए ।
नीजि क्षेत्रमा उत्कृष्ठ कलेजका रुपमा यस कलेज अघि बढेको भन्दै सम्बन्धन पाएका र आंगिक क्याम्पसहरुले गुणस्तरमा ध्यान दिनु पर्नेमा उनको जोड थियो । सो अवसरमा पूर्बाञ्चल बिश्वबिद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश्वर दाहालले शैक्षिक क्षेत्रको बिकासका लागि विश्वबिद्यालयले प्रध्यापकहरुको मूल्याङ्कनको काम सुरु गरेको बताए । उनले भने “शैक्षिक क्षेत्रमा सुधारका लागि अध्ययन संगै अनुसन्धानमा पनि जोड दिनु पर्छ ।”
कार्यक्रममा बिश्वबिद्यालयका रजिष्टार निलमणी पोख्रेलले शैक्षिक क्षेत्रको सुधारका क्रममा बिश्वबिद्यालय अघि वढेको बताए । विश्वविद्यालय सुधारका क्रममा अहिले नयाँ पाठ्यक्रम बनाएर अघि वढेको उनकोे भनाई थियो । उनले भने “बजारको माग अनुसार पाठ्यक्रम बनाएर अघि वढेका छौ ।” कोरोना कहरको समयमा समेत बिश्वबिद्यालयले बार्षिक कार्यक्रमहरुलाई निरन्तरता दिएको उनले बताए ।
कार्यक्रममा विश्वबिद्यालयबाट सम्बन्धन पाएका नीजि स्वास्थ्य शिक्षण संस्थाहरुको छाता संस्था एसियाका अध्यक्ष यम प्रसाद अधिकारी, विश्वबिद्यालयका डिन डा. शैलेसमणी पोख्रेल, बिश्वबिद्यालयको प्रध्यापक संघका अध्यक्ष सन्देशदाश श्रेष्ठ, बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. निर्मल लामिछाने, भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले नीजि क्षेत्रमा गुणस्तर संगै भौतिक पूर्बाधारमा कलेजले महत्वपूर्ण काम गरेको बताउनुभयो । कलेजका कार्यकारी अध्यक्ष सरोज ढकाल र प्राचार्य नन्दकिसोर भट्टले कलेजका बारेमा जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १५ : ५७
लेखकबाट थप