काठमाडौं । जनता समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ।
पार्टीले हरेक पालिकामा स्थानीय विशिष्टता अनुरुप सेरोफेरोमा चक्रपथ निर्माण गर्ने र पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने विभिन्न योजनासहित घोषणापत्र सार्वजनिक गरेको हो ।
‘पालिकास्तरका विद्यालय तथा आधारभूत सेवा कार्यालयहरुलाई सडकसँग जोडिने छ। सडकहरुको गुणस्तर सुधार गर्दै लगिने छ। सबै पालिकाहरुमा एक बसपार्क बनाइने छ। महानगरहरुमा नगररेल सेवा विकासको सम्भावनाबारे अध्ययन गरिने छ,’ घोषणापत्रमा भनिएको छ।
शुद्ध पिउने पानीको सुविधा नपुगेका घरबस्तीमा खानेपानी सुविधा पुर्याइने प्रतिबद्धता पनि घोषणापत्रमा व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ बैशाख २०७९, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
जसपा नेपालका केन्द्रीय विभागहरूले पाए नेतृत्व
जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक बस्दै
जसपा नेपालले आइटी सेल गठन गर्ने
कानुन समिति बैठकमा जसपा र एमाले सांसदबिच भनाभन