चोरिएका मूर्तिसहित काठमाडौँबाट दुईजना पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०७ बैशाख २०७९, १२ : ४६
चोरिएका मूर्तिसहित काठमाडौँबाट दुईजना पक्राउ

काठमाडौं । चोरिएका मूर्तिसहित काठमाडाैं प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

काठमाडौँको नागार्जुन नगरपालिका-७ इन्द्रायणी मन्दिरबाट सोमबार बिहान भएका मूर्तिसहित दुईजना पक्राउ परेका हुन्।हाल काठमाडौँ महानगरपालिका-१४ कलंकी खड्कागाउँ बस्दै आएका सिन्धुलीको दुधौली नगरपालिका-४ डाँकाबजारका ३० वर्षीय उमेश खड्का र धादिङ धुनीवेशी नगरपालिका-४ का ५६ वर्षीय कान्छा मगरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले चोरीका मूर्तिसहतिका सामानका साथमा उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरूको साथबाट तामाको कलश ३ थान, अर्ग १ थान, पित्तलको सानो घण्टी १ थान, सेतो शंङ्ख १ थान, माटोको गणेशको मूर्ति १ थान, शिवलिङ्ग २ थान, सिल्भरको शिव, पार्वती र गणेशको मूर्ति २ थान, किटको शिव, पार्वती र गणेशको मूर्ति १ थान, श्रीकृष्णको मूर्ति १ थान, शिवको मूर्ति १ थान र दुर्गा माताको मूर्ति १ थान बरामद गरिएको छ ।

जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस