पोखरा । सत्तारुढ गठबन्धनको भागवण्डामा पोखराको मेयर एकीकृत समाजवादीको भागमा परेपछि कास्की काङ्ग्रेस महानगर समिति आन्दोलित बनेको छ । समितिले आज जिल्ला पार्टी कार्यालय पोखरामा ताला लगाएको छ ।
मंगलबार काङ्ग्रेस सभापति शेरबहादुर देउवाले काङ्ग्रेस गण्डकी सभापति शक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई बोलाएर आफू समस्यामा रहेकोले पोखरा समाजवादीलाई दिनुपर्ने बताएका थिए ।
उक्त निर्णयले परिणाम उल्टो आउन सक्ने बारेमा नेतात्रयले जानकारी गराएतापनी केन्द्रले पोखरा नेकपा एकीकृत समाजवादीलाई नै दिने निर्णय गर्यो ।
सोही निर्णयको विरुद्धमा महानगर समितिले पार्टी कार्यालयमा तालाबन्दी गरेको हो । पोखरा महानगरपालिकाको मेयर समाजवादीलाई दिने निर्णयले नेपाली कांग्रेसका सम्पूर्ण सुभेच्छकहरूलाई गम्भीर चोट लागेको उल्लेख गर्दै महानगर समितिले मेयर र उपमेयरसहित सबै वडामा आफ्नै उम्मेदवार उठाउने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ बैशाख २०७९, १२ : ०४
लेखकबाट थप