एजेन्सी । चिरपरिचितप्रतिद्वन्द्वी एसी मिलानलाई ३-० ले पराजित गर्दै इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । गत महिना मिलान र इन्टरले सेमिफाइनल पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए ।
सान सिरोमा खेलको चौथो मिनेटमै मार्टिनेजले गरेको गोलमा इन्टरले अग्रता लियो । ४०औँ मिनेटमा मार्टिनेजले इन्टरको अग्रता दोब्बर पारेका थिए । खेल सकिन आठ मिनेट बाँकी रहँदा रोबिन गोसेन्सले इन्टरको अग्रता ३-० मा पुर्याएका थिए ।
मिलानमाथिको जितपछि इन्टर यस सिजन दोस्रो घरेलु उपाधिको संघारमा पुगेको छ । इन्टरले यसअघि सुपरकोपा इटालियाको उपाधि जितिसकेको छ ।
सिरी ‘ए’ मा भने इन्टर ६९ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको मिलानभन्दा दुई अंक कम हो । मिलानको भन्दा इन्टरले एक खेल कम खेलेको छ । इन्टर ११ वर्ष पछि कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । सो फाइनलमा इन्टरले पालेमोलाई ३-१ ले पराजित गर्दै उपाधि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०७ बैशाख २०७९, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसी मिलानसँग घरेलु मैदानमै रियल म्याड्रिड पराजित
इन्टर मिलानविरुद्ध एसी मिलानको रोमाञ्चक जित