काठमाडौं । ओखलढुंगामा सत्ता साझेदार दलहरुबीच गठबन्धन संकटमा परेको छ । भागबण्डा मिलाउन नसक्दा सत्तारुढ दलहरुको बैठक नै बस्न सकेको छैन ।
जनता समाजवादी पार्टी (जसपा) ले आउने चुनावमा गठबन्धन गर्न नसकिने जनाएको छ । ‘एक महिना लामो छलफल भइसक्यो । तर नेपाली कांग्रेसको अडानले गर्दा गठबन्धन ब्रेक भयो’, जसपाका प्रदेश सदस्य धीरेन्द्र रुम्दाली भन्छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग तालमेल भएपनि कांग्रेससँग सम्भावना सकिएको उनले बताए ।
कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले भने छलफल भइरहेको र सहमति जुट्न भने बाँकी रहेको बताए । ‘हामीले जितेको ठाउँ समेत छोड्न तयार भइसक्यौं, अब पनि तालमेल नगर्ने भन्ने हुन्न’, खतिवडा भन्छन् ।
कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनालले पनि माओवादी केन्द्रसँग छलफल भइरहेको बताउँछन् । ‘माओवादी केन्द्रसँग छलफल भइरहेको छ । त्यसपछि अरु कुरा होला’, खनाल भन्छन् ।०७४ को चुनावमा ओखलढुंगामा एमालेले ४, कांग्रेसले ३ र माओवादी केन्द्रले एक स्थानीय तह जितेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ बैशाख २०७९, १५ : १७
लेखकबाट थप