काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।
मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो घोषणापत्र सार्वजनिक गरेका हुन्।घोषणापत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नु पर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए ।
त्यसैगरी, घोषणापत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौं महिने सरकारले गरेका आफ्नो गाउँ आफैँ बनाऔँलगायतका कार्यक्रमहरू समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ बैशाख २०७९, १५ : ०९
लेखकबाट थप