काठमाडौं ।नेकपा एकीकृत समाजवादी पार्टीबाट तनहुँको भानु नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका श्रीराम पौडेलले आफू विजयी भए शिक्षा र स्वास्थ्यमा नमूनायोग्य काम गर्ने बताए ।
३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनमा नेकपा एसबाट सर्वसम्मत प्रमुखमा सिफारिस भएका उनले भानु नगरपालिकालाई शिक्षा र स्वास्थ्यमा नमूना बनाउने कार्ययोजनाका साथ चुनावमा प्रतिस्पर्धा गरिहेको बताए ।
उम्मेदवार पौडेलले ‘राम्रो शिक्षा र राम्रो जीवन’ भन्ने नारालाई सार्थक बनाउँदै सरकारी विद्यालयलाई अभिभावकको प्रमुख रोजाइ बनाउने पनि बताए । मेयरका उम्मेदवार पौडेलले घरदैलो अभियान पनि सुरु गरिसकेका छन् ।जनताबाट सुझाव लिँदै जनताकै सेवा गर्न दृढ संकल्प बोकेको छु,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ बैशाख २०७९, १२ : ४७
लेखकबाट थप