काठमाडौं ।नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्ने गरी स्थानीय तह निर्वाचन अभियान व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश डेस्क स्थापना गरेको छ । प्रदेश डेस्कमा केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री शर्माले समन्वय गर्नेछन् ।
सभापति शेरबहादुर देउवाले सोमबार प्रदेश डेस्क स्थापना गरेका हुन् । प्रदेश डेस्कलाई निर्वाचन परिचालन समितिका बैठकका निर्णयअनुसार स्थानीय तहको चुनाव प्रभावकारी बनाउने जिम्मेवारी छ । यस्तै, कांग्रेसले सहमहामन्त्रीहरूलाई प्रदेशसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ ।
प्रदेश–१ मा सहमहामन्त्री जीवन परियार, मधेशमा भीष्मराज आङ्दम्वे, बागमतीमा फरमूल्लाह मन्सुर, गण्डकीमा महालक्ष्मी उपाध्याय डिना, लुम्बिनीमा महेन्द्र यादव, कर्णालीमा बद्री पाण्डे र सुदूरपश्चिममा किशोरसिंह राठौरलाई जिम्मेवारी दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ बैशाख २०७९, १० : ५०
लेखकबाट थप