काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवारी दिनेहरुका लागि धरौटी रकम तोकेको छ ।
आयोगका अनुसार स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखले १ हजार ५ सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ । त्यस्तै, वडा अध्यक्षले १ हजार रुपैयाँ र सदस्यले ५ सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ ।
आयोगका अनुसार महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिको हकमा भने धरौटीमा ५० प्रतिशत छुट दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ बैशाख २०७९, ०९ : ४०
लेखकबाट थप