काठमाडौं । सत्ता गठबन्धनको बैठक मंगलबार पनि बस्दैछ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा महानगर तथा उपमहानगरको सिट बाडफाँडमा सहमति जुटाउन बैठक बस्न लागेको हो।
सोमबार दिनभर पनि यसबारे सहमति जुटाउन बैठक बसेको भएपनि बैठक निष्कर्षविहीन बनेको थियो । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले छलफल सहमति नजिक पुगेकामा आज सबै विषय टुंगिने जिकिर गरेका छन् । त्यसका लागि आज साढे ११ बजे बैठक बस्ने र सबै विषयमा सहमाति जुट्ने उनको भनाइ छ ।
विशेषगरी महानगरपालिकामध्ये पोखरामा एकीकृत समाजवादी पार्टीले दाबी गरेपछि गठबन्धनमा सहमति हुन नसकेको हो । एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले वक्तब्य जारी गरी पोखरामा मेयर आफूले नपाए एमालेसँग मिल्न सक्ने चेतावनी दिइसकेका छन् ।
अन्य महानगरको हकमा भने करिब सहमति जुटिसकेको छ । भरतपुर माओवादीले लिएर बाँकी ४ वटा काँग्रेसले लिने सहमति बनेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ बैशाख २०७९, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीका मुख्य न्यायाधिवक्तालाई कारवाही गर्ने एमाले-माओवादीको चेतावनी
बझाङमा गठबन्धनका ४ दलले लिएनन् उम्मेदवारी फिर्ता
राप्रपाले प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने
माधव नेपालले अडान नछाड्दा बालुवाटार बैठक अनिर्णीत
बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै