काठमाडौं । एक मात्र यातायातका रूपमा रहेको हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ ।
सडक यातायातले नजोडिएको हुम्लामा नेपालगञ्ज सुर्खेतमा निजी तथा नेपाल एयरलाइन्सका जहाज नभएपछि हवाई सेवा हुन नसकेको हो ।
जिल्लामा यातायातको कुनै सुविधा नरहेको हुम्लामा तीन दिनदेखि कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख मोहन गिरीले बताए ।
पछिल्लो समयमा हुम्ला जिल्लामा मौसम सफा भए पनि कर्णाली प्रदेश राजधानी सुर्खेत र नेपालगञ्जमा कुनै पनि विमान नहुँदा हुम्लामा उडान हुन नपाएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख गिरीले बताए ।
पछिल्लो समय हुम्लाको लागि कुनै पनि उडान नभएपछि सुर्खेत, नेपालगञ्जका यात्रु होटेलको महंगीको मर्कामा परेका छन् । जिल्ला सदरमुकाम सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रु पनि सिमकोटमै रोकिनु परेको स्थानीय कविराज हमालले बताए ।
केही समय अगाडिसम्म नियमित उडान भर्दै आएको नेपाल एयरलाइन्सले समेत उडान भर्न छाडेको र अरू निजी एयरलाइन्सले उडान नियमित नहुँदा दैनिक उपभोग्य सामानको मूल्य अकासिएको र सहज रूपमा नपाएको उपभोक्ता राम बहादुर भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ बैशाख २०७९, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुस्सुले ‘भिजीबिलिटी’ कम हुँदा नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित
मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन
वर्षाका कारण हवाई सेवा प्रभावित
बलेवा विमानस्थलमा हवाई सेवा सञ्चालनको माग